Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मार्गशीर्ष शुक्ल पूर्णिमा: धान्यपूर्णिमा पर्व विधिपूर्वक मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमा: धान्यपूर्णिमा पर्व विधिपूर्वक मनाइँदै

काठमाडौं : आज मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन, धान्यपूर्णिमा पर्व विधिपूर्वक पूजाआजा र दान गर्दै मनाइँदैछ।

मङ्सिर महिनामा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायतका देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाइन्छ। त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी, मालपुवा आदि बनाएर देवता र परिवारजनलाई चढाउने परम्परा रहेको छ।

धार्मिक शास्त्रअनुसार नवअन्नप्राशन नगरेकोले आजै नवअन्नप्राशन गर्नुपर्ने प्रावधान रहेको छ। प्रा.डा. देवमणि भट्टराई, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य,ले यस विषयमा जानकारी दिएका छन्।

पर्वका अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौंको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वर लगायत स्थानमा मेला र पूजा कार्यक्रम आयोजना हुने गरेका छन्।

आज योःमरि पूर्णिमा (योमरी पुन्हि)

नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीमा योःमरि पूर्णिमा हर्षोल्लासका साथ मनाउँछन्। यो पर्वलाई योमरी पुन्हि पनि भनिन्छ र नेवार समुदायको ठूलो चाडको रूपमा मानिन्छ। यस दिन नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट विशेष परिकार बनाइन्छ।

आज बिहानैदेखि घरका महिलाहरू योमरी पकाउने तयारीमा व्यस्त हुन्छन्। घर सफा गरी पूजा–अर्चना गर्ने, लिपपोत गरेर चामल पकाउने परम्परा रहेको छ। दूधबाट बनेको खुवा, चाकु र तिल राखेर बनाइने डल्लो यो पर्वको विशेष परिकार हो।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजाआराधना गर्दै योमरी पूर्णिमा पर्व मनाउँछन्। साथै, गर्भवती चेलीबेटीको स्वास्थ्य र सन्तानको मंगलको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु राखिएको योःमरि सगुन पठाउने चलनसमेत रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट