Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

६० दिनसम्म कान्ति लोकपथमा बिहान ११ देखि साँझ ५ बजेसम्म सवारी रोक

६० दिनसम्म कान्ति लोकपथमा बिहान ११ देखि साँझ ५ बजेसम्म सवारी रोक

हेटौँडा : हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा मङ्सिर २० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत बन्द रहने भएको छ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरले सार्वजनिक सूचना जारी गर्दै सडक फराकिलो बनाउन र वर्षा याममा गएको पहिरो पन्छाउन शनिबारदेखि ६० दिनसम्म बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सवारी साधन आवतजावत रोक्ने निर्णय भएको जानकारी दिएको छ।

कान्ति राजमार्ग सडक आयोजना, एकान्तकुनाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ कि सडक कटिङ र पहिरो पन्छाउने कार्यका कारण दैनिक छ घण्टा सवारी आवतजावत रोक लगाइएको हो।

सडक प्रयोग गर्ने चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सार्वजनिक सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट