Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

हङकङमा भीषण आगलागी: ९४ को मृत्यु, ७६ घाइते, ३०० बेपत्ता

हङकङमा भीषण आगलागी: ९४ को मृत्यु, ७६ घाइते, ३०० बेपत्ता

काठमाडौँ : हङकङको आवासीय क्षेत्रमा भएको भीषण आगलागीमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्। अझै करिब ३०० जना बेपत्ता रहेको जानकारी छ।

बुधबार ताई पो जिल्लाका आठ अपार्टमेन्ट ब्लक्समध्ये सातमा आगो फैलिएको थियो। स्थानीय नेताहरूले आगो अब नियन्त्रणमा आएको बताएका छन्। सुरक्षा कमजोरीप्रति जनतामा आक्रोश छ भने केही बासिन्दा यस दुर्घटनालाई रोक्न सकिन्थ्यो भनी बताएका छन्।

हालसम्म दुर्घटना स्थलमा कति जना रहेका थिए भन्ने कुरा स्पष्ट नभएको छ। प्रारम्भिक तथ्यांकअनुसार आठ ब्लक्समा जम्मा ४,६०० जना बसोबास गर्थे।

आगलागी कसरी सुरु भयो भन्ने थाहा हुन सकेको छैन। प्रहरीका अनुसार, भवनहरूको मर्मत–सम्भार भइरहेको अवस्थामा बाहिरी भागमा प्रयोग गरिएका गैर–अग्निरोधी सामग्रीबाट आगो फैलिएको हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट