Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

ट्रम्पले २०२६ को जी-२० शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई बहिष्कार गर्ने घोषणा

ट्रम्पले २०२६ को जी-२० शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई बहिष्कार गर्ने घोषणा

वेस्ट पाम बिच (फ्लोरिडा) : राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष मियामी नजिकै आयोजना हुने जी-२० शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई सहभागी हुन नदिने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो निर्णय हालै जोहानेसबर्गमा सम्पन्न शिखर सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलसँग गरिएको व्यवहारका कारण गरिएको हो।

ट्रम्पले दक्षिण अफ्रिकाले अमेरिकी प्रतिनिधिमण्डललाई सहभागी हुन नदिएकाले अन्तर्राष्ट्रिय मान्यताको अवहेलना गरेको दाबी गर्दै सबै अमेरिकी सहायता र भुक्तानी तत्काल रोक्ने घोषणा गरे। उनले ट्रुथ सोसलमा लेख्दै भने, “दक्षिण अफ्रिकाले जी-२० होस्टिङ जिम्मेवारी हस्तान्तरण गर्न अस्वीकार गर्‍यो, त्यसैले सन् २०२६ को जी-२० का लागि उनीहरूलाई निमन्त्रण दिइने छैन।”

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाको कार्यालयले भने अमेरिकी अभिव्यक्तिलाई अपमानजनक र भ्रामक ठहर गर्दै हस्तान्तरण समारोहका लागि उपयुक्त अधिकारी नपठाइएर कार्यक्रम विदेश मन्त्रालय भवनमा सारिएको बताएका छन्। यसैगरी, ट्रम्पले फैलाएको ‘श्वेत किसानमाथिको आक्रमण’ सम्बन्धी दावीलाई दक्षिण अफ्रिकाले गलत र विकृत तथ्यमा आधारित भएको भन्दै खण्डन गरेको छ।

यो वर्ष जोहानेसबर्गमा पहिलोपटक अफ्रिकामा भएको जी-२० शिखर सम्मेलनमा अमेरिकाले सम्पूर्णरूपमा बहिष्कार गरेको थियो। घोषणापत्रमा हस्ताक्षर नगरेको र जलवायु परिवर्तनलगायत विषयमा दक्षिण अफ्रिकाको प्राथमिकताप्रति असहमति जनाएको थियो। आगामी वर्षको जी-२० बैठक फ्लोरिडाको डोरलस्थित ट्रम्पको गल्फ क्लबमा आयोजना हुने भएकाले राजनीतिक संवेदनशीलता अझ बढ्ने अनुमान छ।

हाल ट्रम्प प्रशासनले वार्षिक अमेरिकी शरणार्थी कोटा सात हजार ५०० मा सीमित गर्दै धेरैजसो स्थान श्वेत दक्षिण अफ्रिकीहरूका लागि आरक्षित गरेको छ। यस वर्ष मात्रै ५९ अफ्रिकीलाई शरणार्थीका रूपमा स्वीकार गरिएको थियो। अफ्रिकी समुदाय मुख्यतया डच, फ्रान्सेली र जर्मन वंशका प्रवासीका सन्तान हुन्, जसले सन् १७औँ शताब्दीदेखि दक्षिण अफ्रिकामा बसोबास गर्दै आएका छन्। कुल छ करोड २० लाख जनसङ्ख्यामा करिब दुई करोड ७० लाख अफ्रिकानर्स रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट