Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया : पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । संयुक्त राज्य अमेरिकाकाे भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले साे कुराकाे जानकारी दिएकाे हाे । युएसजीएसका अनुसार हालसम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन । भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११ः ५६ बजे २५ किलोमिटरको गहिराइमा आएको जनाइएको छ ।

भूकम्पपछि हिन्द महासागर सुनामी चेतावनी केन्द्रले भूकम्पबाट उत्पन्न हुने सम्भावित सुनामीको “कुनै खतरा“ नभएको बताएको छ । इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सी (बीएमकेजी) ले १० किलोमिटर गहिराइमा ६.३ म्याग्निच्युडको भूकम्प रेकर्ड गरेको तथा यो झट्काले सुनामी निम्त्याउने सम्भावना नभएको बताएको छ ।

इन्डोनेशिया, दक्षिणपूर्व एशियाको एक विशाल द्वीपसमूह, प्रशान्त क्षेत्रमा अवस्थित भएको कारण बारम्बार भूकम्पको सामना गर्ने गरेको जनाइएको छ । जनवरी २०२१ मा सुलावेसी टापुमा ६.२ म्याग्निच्युडको भूकम्प जादा एक सय भन्दा बढीको ज्यान लिनुका साथै हजारौलाईं घरबार विहीन बनाएको थियो ।

सन् २०१८ मा पालू, सुलावेसीमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले दुई हजार २०० भन्दा बढीको ज्यान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट