Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रेलले ठक्कर दिँदा चीनमा एघार जनाको मृत्यु

रेलले ठक्कर दिँदा चीनमा एघार जनाको मृत्यु

बेइजिङ : चीनमा रेलको ठक्करले एघार जनाको मृत्यु भएको छ । चीनको दक्षिणी प्रान्त युनानमा बिहीबार लुओयाङ टाउन रेल्वे स्टेसनभित्र रेलको भूकम्पीय उपकण परीक्षण भइरहेको समयमा सो दुघर्टना भएको हो ।

रेलले रेलवेमा काम गरिरहेका कामदारहरूको समूहलाई ठक्कर दिँदा ११ जनाको मृत्यु भएको बताइएको छ । अरू दुई जना घाइते भएका छन् । सञ्चार माध्यमहरूमा छापिएका समाचारका अनुसार रेल परीक्षणको समयमा गुडिरहँदा घुमाउरो मोडमा रेलवे ट्र्याकमा रहेका कामदारहरूलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट