काठमाडौं : युक्रेनले रूससँगको युद्ध अन्त्यका लागि तयार गरिएको नयाँ शान्ति प्रस्तावबारे अमेरिकासँग साझा समझदारी बनेको जनाएको छ। यो प्रस्ताव अमेरिकाले प्रस्तुत गरेको २८ बुँदे योजनामै आधारित रहेको र जेनेभामा भएको वार्तामा दुवै पक्षले केही संशोधन गरेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष दूत स्टिभ विटकोफलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न तथा सैन्य सचिव ड्यान ड्रिस्कोललाई किभ पठाउन निर्देशन दिएका छन्।
तर, रूसले आफूलाई प्रक्रियाबाट टाढा राखेर योजना परिमार्जन गरिएको भन्दै असन्तुष्टि प्रकट गरेको छ। रूसी विदेशमन्त्री सर्गेई लाभरोभले ‘ठूला परिवर्तन’ भए प्रस्ताव नै अमान्य हुने चेतावनी दिएका छन्।
युद्ध अन्त्यका प्रमुख मुद्दा—युक्रेनको सुरक्षा ग्यारेन्टी र पूर्वी क्षेत्रमा रहेका विवादित भूभागको भविष्य—अझै टुंगो लाग्न बाँकी छ। राष्ट्रपति जेलेन्स्कीले संवेदनशील विषयमा राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष संवाद गर्न तयार रहेको बताएका छन्।
युरोपेली साझेदार राष्ट्रहरूले भने युद्ध चाँडै सकिने संकेत नदेखिएको भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij