Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गरिमा विकास बैंक लिमिटेडद्वारा १९औं वार्षिकोत्सवको शुभ अवसरमा आयोजित Garima Road Race, 2082 सफलतापूर्वक सम्पन्न 

गरिमा विकास बैंक लिमिटेडद्वारा १९औं वार्षिकोत्सवको शुभ अवसरमा आयोजित Garima Road Race, 2082 सफलतापूर्वक सम्पन्न 

काठमाडाैं : “स्वस्थ जीवनशैलीका लागि खेलकुुद” भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटेडद्वारा १९औं वार्षिकोत्सवको शुभ अवसरमा आज मिति २०८२ साल मंसिर ६ गते शनिबार आयोजित Garima Road Race, 2082 सफलतापूर्वक सम्पन्न भएको छ । १८औं वार्षिकोत्सवबाट सुरु गरिएको Garima Road Race प्रतियोगिताको दोस्रो संस्करणमा खुला, कर्पोरेट र भेट्रान गरी कुल ३ विधामा महिला र पुरुष गरी कुल ६ वटा प्रतियोगिता आयोजना गरिएको थियो । खुला तर्फको १० कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय रहने प्रस्तावित भवन बालुवाटार, काठमाण्डौं अगाडीबाट शुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय अगाडी पुगी पूनः सोही मार्ग बालुवाटार, काठमाण्डौं आई समापन हुने गरी रुट तय गरिएको थियो ।

साथै, कर्पोरेट तथा भेट्रान तर्फको ५ कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय रहने प्रस्तावित भवन बालुवाटार, काठमाण्डौंबाट शुरु भई नारायणगोपालचोक हुँदै न्यूरो अस्पताल, बाँसबारी अगाडी पुगी पूनः बालुवाटार, काठमाण्डौं आई समापन हुने गरी रुट तय गरिएको थियो ।

कुल १,००० भन्दा बढी धावकहरुको सहभागिता रहेको यस प्रतियोगिताको खुला विधामा महिला तर्फ १० कि.मि.को दुरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै ओलम्पियन धावक श्री सन्तोषी श्रेष्ठ र पुरुष तर्फ १० कि.मी.को दुरी २९ मिनेट १२ सेकेन्डमा पूरा गर्दै नेपाल आर्मीका श्री राजन रोकायले प्रथम स्थान हासिल गर्नुभयो । यस प्रतियोगितामा नेपाल आर्मीका धावकहरुले खुला विधामा पुरुष तर्फ सबै र महिला तर्फ चार पुरस्कार जित्न सफल भए ।

प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई खुला तर्फ क्रमशः रु.५०,०००/–, रु.३५,०००/–, रु.२०,०००/–, रु.१५,०००/– र रु.१०,०००/– नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । साथै, कर्पोरेट र भेट्रान तर्फ ५ कि.मि. विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः रु.३०,०००/–, रु.२०,०००/–, रु.१४,०००/–, रु.१०,०००/– र रु.७,०००/– नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

विकास बैंकका सञ्चालकहरु, पूर्व सञ्चालकहरु, शेयरधनी महानुभावहरु, विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्तित्वहरु, स्थानिय निकायका प्रतिनिधिहरु, पत्रकारहरु, कर्मचारीहरु लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्यायले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो । साथै, कार्यक्रमको समापन समारोहमा बोल्दै विकास बैंकका अध्यक्ष श्री दिलिप प्रताप खाँणले मानव स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति हो भन्दै आगामी वर्षहरुमा यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्ने बताउनुभयो ।

साथै, भोली मिति २०८२ मंसीर ७ गते, आईतबार विकास बैंकले १९औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरिएको व्यहोरा समेत जानकारी गराउन चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij