Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट १ अर्ब ८९ करोड ४६ लाख

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट १ अर्ब ८९ करोड ४६ लाख

काठमाडौँ  :  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा शुक्रबार सिंहदरबारमा सम्पन्न भएको छ। सभाको अध्यक्षता कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन्। बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट १ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ पारित गरेको छ।

कुलपति कार्कीले पाँच सय शय्याको सुविधा र विशेषज्ञ सेवासहितको अस्पताललाई सरकारले निरन्तर सहयोग गर्ने बताए। प्रतिष्ठानले एमडी/एमएसमा १३ विभागमा १०० विद्यार्थी र स्नातक तहमा १७० विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ।

सभामा सहकुलपति डा. सुधा गौतम, स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ र अन्य सदस्यको उपस्थित थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij