Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भारत र बंगलादेशमा शक्तिशाली भूकम्पको धक्का

भारत र बंगलादेशमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौँ : भारत र बंगलादेशमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)का अनुसार बंगलादेशको टुंगी भन्ने स्थान नजिकै केन्द्रबिन्दु रहेको भूकम्प ५.६ रेक्टरस्केल तीव्रताको थियो ।

भारतमा पनि यो भूकम्पको धक्का महसुस गरिएको थियो । स्थानीय समय अनुसार शुक्रबार बिहान १० बजेर १० मिनेटको समयमा भारतको पश्चिम बंगाल र आसपासका राज्यमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण अहिलेसम्म दुवै मुलुकबाट प्राप्त भएको छैन । यसअघि पाकिस्तामा पनि बिहान स्थानीय समय अनुसार ३ बजेर ९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो । पाकिस्तानमा भने ५.२ रेक्टरस्केल तीव्रता मापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट