काठमाडौँ : बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा विद्यालय र बालबालिकालाई प्रयोग नगर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आज ज्ञापनपत्र बुझाउँदै अभियालने १८ वर्षभन्दा मुनिका बालबालिकालाई निर्वाचनका कुनै पनि गतिविधिमा सहभागी नगराउने भन्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको हो ।
त्यसक्रममा प्रमुख आयुक्त भण्डारीले निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिइनेतर्फ आयोगसचेत रहेको बताउनुभएको अभियानका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिए । कुनै पनि
राजनीतिक दलले विद्यालय र बालबालिकालाई प्रयोग गर्न नहुने उल्लेख गर्दै उनले यसमा राजनीतिक पार्टी र सबै सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij