काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको छ।अब कांग्रेस केन्द्रीय कार्यालयमा मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ।आज दिउँसो २ः०० बजे बस्ने भनिएकोमा उक्त बैठक ४ गतेलाई सारिएको हो। यसअघि शनिबार बस्ने भनिएको बैठक १ गतेलाई सारिएको थियो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि सूचित गरिएको मुख्य सचिव पौडेलले जनाएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक महिना अघिदेखि जारी छ। महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा कांग्रेसभित्र तीब्र विवाद छ।बैठकमा सबै नेताहरूले बोलिसकेपनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्णय नदिएर सभापति शेरबहादुर देउवालाई पर्खिएका थिए।
देउवा सिंगापुरमा उपचार सकेर नेपाल फर्किसकेका छन्।देउवा स्वदेश फर्केलगत्तै चुनावपछि महाधिवेशन गर्नेगरी सक्रियता बढाएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij