Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मधेश प्रदेशका पाँच सांसदको पदमुक्ति रोकियो

मधेश प्रदेशका पाँच सांसदको पदमुक्ति रोकियो

काठमाडौं : सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदलाई पदमुक्त नगर्न आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सभामुख रामचन्द्र मण्डललाई उनीहरूलाई तत्काल पदमुक्त नगर्न निर्देशन दिएको हो।

सभामुख मण्डलले कात्तिक २७ गते जसपाका चार तथा नागरिक उन्मुक्ति पार्टीकी एक सांसद गरी पाँच जनालाई पदमुक्त गर्ने निर्णय गरेका थिए। पदमुक्त गरिएका सांसदमा जसपाका मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार, सारदा शंकर साह कलवार र नागरिक उन्मुक्तिकी उर्मिला सिंह रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij