Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

अनेरास्ववियुले डा. सुजन कडरियाको राजीनामा स्वीकृत

अनेरास्ववियुले डा. सुजन कडरियाको राजीनामा स्वीकृत

काठमाडौँ : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गरेको छ। सोमबार नेपाल कमर्स क्याम्पसमा बसेको बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने, उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव र विकास श्रेष्ठलाई उपाध्यक्ष कायम राख्ने निर्णय गरेको अनेरास्ववियु नेता गोपाल नेपालले जानकारी दिनुभयो।

कडरियाले जेनजी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको थियो। पदाधिकारी निर्णय सचिवालय र केन्द्रीय कमिटीको अनुमोदनपछि लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij