Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रधानमन्त्री कार्कीले नागरिक समाजसँग निर्वाचन पूर्व अन्तर्क्रिया सुरु

प्रधानमन्त्री कार्कीले नागरिक समाजसँग निर्वाचन पूर्व अन्तर्क्रिया सुरु

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले २०८२ फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समुचित वातावरण निर्माण गर्ने उद्देश्यले नागरिक समाजका अगुवा तथा प्रतिनिधिसँग अन्तर्क्रिया सुरु गरेकी छन्।

यसअघि उनले राजनीतिक दलका शीर्ष नेताहरू, जेन–जी समूहका प्रतिनिधि र सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल सम्पन्न गरिसकेकी छिन्।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, आजको अन्तर्क्रियामा नागरिक समाजको भूमिका, निर्वाचन पूर्व तयारीको प्रभावकारिता र लोकतान्त्रिक प्रक्रियामा उनीहरूको योगदानबारे विस्तृत विचार–विमर्श हुनेछ।

अन्तर्क्रियामा सहभागी नागरिक समाजका अगुवारप्रतिनिधिहरूमा इन्द्र अधिकारी, सुवोध राज प्याकुरेल, जेबी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मलिक, विजयकान्त कर्ण, गेहा शर्मा, दोवन राई, नयन तारा गुरुङ, निर्गा नविन, विजय तिमिल्सिना, खगेन्द्र सङ्ग्रौला, तुला नारायण शाह, रेवन्ती कार्की, शिशिर उप्रेती, डा. दिपेश घिमिरे र राजु प्रसाद चापागाईं रहेका छन्।प्रधानमन्त्री कार्कीले नागरिक समाजसँग निर्वाचन पूर्व अन्तर्क्रिया सुरु

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij