Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता

काठमाडौँ  : प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ। अधिवक्ता प्रेम सिलवालले राजदूत फिर्ता बोलाउने सर्वोच्च आदेश कार्यान्वयन नगरेको आरोपमा यो निवेदन दायर गरेका हुन्।

निवेदनको पहिलो पेसी मंसिर ७ गतेका लागि तोकिएको छ र प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयलाई अवहेलनामा सजाय माग गरिएको छ। यो कार्कीविरुद्ध दर्ता भएको पहिलो अवहेलनाको निवेदन हो।

कार्की नेतृत्वको अन्तरिम सरकारले ११ राजदूतलाई फिर्ता बोलाएको थियो। यसमध्ये ४ राजदूतले पद छोडेका छन्, २ जना सम्पर्कमा छैनन् र बाँकी ५ जना परराष्ट्र मन्त्रालयमा हाजिरी जनाउँदै रहेका छन्।

चुनावी सरकारले राजदूतबिनाको परराष्ट्रनीति सञ्चालन गरेको र हालसम्म परराष्ट्रमन्त्री नियुक्त नगरेको कारण व्यापक आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij