Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सभामुखको निर्णयविरुद्ध सर्वोच्चमा ५ सांसदको रिट

सभामुखको निर्णयविरुद्ध सर्वोच्चमा ५ सांसदको रिट

काठमाडौँ  : मधेस प्रदेशका ५ पदमुक्त सांसदले प्रदेश सभामुखको निर्णयविरुद्ध दिएको रिटको सुनुवाइ सुरु भएको छ। सञ्जयकुमार यादवसहित पदमुक्त भएका सांसदहरूको रिट निवेदन न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा विचार भइरहेको छ।

मधेस प्रदेशसभा सचिवालयले लगातार १० बैठकमा हाजिर नभएको भन्दै उनीहरूलाई बर्खास्त गरेको थियो। सभामुख रामचन्द्र मण्डलले जसपा नेपालका ४ र नागरिक उन्मुक्ति पार्टीकी १ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका थिए।

निवेदकहरूले मधेस प्रदेशसभा सचिवालय, सचिव र सभामुखलाई प्रतिवादी बनाएर सर्वोच्च अदालतमा रिट दिएका छन्। यो निर्णय ७ दलका ६४ सदस्यद्वारा सभामुखविरुद्ध पेश प्रस्ताव दर्तापछि भएको काउन्टर कदमका रूपमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij