Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

महासंघमा असन्तुष्ट पत्रकारद्वारा अध्यक्ष शर्माको कार्यकक्ष तालाबन्दी

महासंघमा असन्तुष्ट पत्रकारद्वारा अध्यक्ष शर्माको कार्यकक्ष तालाबन्दी

काठमाडौँ : नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको कार्यकक्षमा सोमबार असन्तुष्ट पत्रकारहरूले तालाबन्दी गरेका छन्। सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा गरिएको यस तालाबन्दीको कारण अध्यक्ष शर्माले महासंघको विधानअनुसार काम नगरेको दाबी गरिएको छ।

केन्द्रीय सदस्य लबदेभ ढुंगानाका अनुसार, देशभरका सदस्यहरू काठमाडौँ आए पनि सल्लाहकार नियुक्ति विवादका कारण केन्द्रीय समिति बैठक बस्न नसक्दा असन्तुष्ट पत्रकारहरूले कार्यकक्षमा तालाबन्दी गरेको हो। तालाबन्दीको विषयमा अध्यक्ष शर्मासँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि उनको फोन उठाएको थिएन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij