काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने तयारी गरिरहेकी छन्। दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले नागरिक समाजका अगुवाहरूसँग आगामी प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, यसअघि कार्कीले विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख, जनेजी अगुवालगायतसँग छलफल गरिसकेकी छन्। केही राजनीतिक दलले चुनावमा जाने विषयमा अनिश्चय देखाइरहेको अवस्थामा नागरिक समाजसँगको छलफललाई थप महत्त्वपूर्ण मानिएको छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने छ भने निर्वाचन आयोगले त्यसको लागि कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij