Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

देशमा दल दर्ताको बाढी: शिक्षामन्त्री पुनको गम्भीर चिन्ता

देशमा दल दर्ताको बाढी: शिक्षामन्त्री पुनको गम्भीर चिन्ता

शिक्षामन्त्री महावीर पुनले देशमा अतिवृष्टि झैँ राजनीतिक दलको संख्या बढिरहनु गम्भीर चिन्ताको विषय भएको टिप्पणी गरेका छन्। निर्वाचन आयोगका अनुसार हाल १२३ दल दर्ता भइसकेका छन् भने थप ३२ दल दर्ता प्रक्रियामा रहेका छन्।

मन्त्री पुनका अनुसार दल–दलबीचको निरन्तर फुट र नयाँ समूहहरूको बढ्दो गठनले जेन–जी आन्दोलनका मूल लक्ष्य कमजोर बन्न सक्नेछ। उनले यस्तो अवस्थाले पुरानै नेतृत्व पुनः सत्तामा फर्किने सम्भावना बढाइ दिने चेतावनी दिए।

उनले वर्तमान मन्त्रिपरिषद्मा भएका सकारात्मक पहल र सुधारका कामहरू पनि पुराना दलहरू पुनः निर्वाचित भएमा उल्टिन सक्ने चिन्ता व्यक्त गर्दै राजनीतिक स्थिरता तथा एकताका लागि सजग रहन सबैलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij