Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सरकारले अनुमति नदिए पनि युवाहरूलाई सडकमा उत्रन एमाले अध्यक्ष ओलीको निर्देशन

सरकारले अनुमति नदिए पनि युवाहरूलाई सडकमा उत्रन एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका युवाहरूलाई सडकमा उत्रन निर्देशन दिएका छन्।अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रन आदेश दिएका हुन्।

आइतवार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले शान्तिपूर्ण प्रदर्शनमा उत्रिने भएकाले सरकारले अनुमति नदिए पनि केही फरक नपर्ने दावी गरे।अध्यक्ष ओलीले प्रदर्शनका लागि सरकारलाई जानकारी दिन सक्ने भए पनि स्वीकृति नभए पनि नडराई प्रदर्शनमा उत्रन निर्देशन दिए।अध्यक्ष ओलीले भने,‘युवाहरूले डर र धक मान्नु पर्दैन खुलेर भन्नुस्– शान्तिपूर्ण प्रदर्शन हाम्रो अधिकार हो। हामी यसरी गर्दैछौ स्वीकृति दिनुस् भनेर भन्नुस्। स्वीकृति दिनुहुन्न भने सडकमा उत्रनुस्।’

अध्यक्ष ओलीले सरकारले जेनजी आन्दोलनका अपराधीहरूलाई कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट