काठमाडौँ : जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले आफ्नो तलब घटाउने भएकी छिन् । आफू र मन्त्री परिषद्का अन्य सदस्यको तलब कटौती गर्न उनले सरकारी कर्मचारीको तलबसम्बन्धी कानुनमा संशोधन गर्ने योजना बनाएकी भन्दै जापान टाइम्सले सम्बन्धित मन्त्रीहरूलाई उद्धृत गर्दै समाचार छापेको छ ।
समाचारका अनुसार संसद्को चालु सत्रमा छिटोमा मङ्गलबारसम्म यसबारे छलफल गरिने छ ।संशोधनले अहिले प्रधानमन्त्री र मन्त्रीपरिषद्मा रहेका अन्य मन्त्रीहरूलाई दिइरहेको अतिरिक्त भत्ता रोक्का गरिनेछ । प्रशासनिक कार्यकुशलता र वित्तीय सुधारका लागि आफूले गरेको प्रतिबद्धतालाई जोड दिन ताकाइचीले यो कदम चालेकी हुन् । ताकाइचीले लामो समयदेखि मन्त्रीहरूले खाइपाइ आएको तलब घटाउनु पर्छ भन्दै आएकी थिइन् ।
अक्टोबरमा प्रधानमन्त्री बनेपछिको आयोजित पत्रकार सम्मेलनमा उनले कानुन निर्माताहरूलाई गरिँदै आएको अतिरिक्त भुक्तानी बन्द गर्न कानुन संशोधनमा काम गर्ने बताएकी थिइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij