Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भारत-पाकिस्तान द्वन्द्व रोक्न सफल भएकोमा शरीफले ट्रम्पलाई फेरि धन्यवाद दिए

भारत-पाकिस्तान द्वन्द्व रोक्न सफल भएकोमा शरीफले ट्रम्पलाई फेरि धन्यवाद दिए

अजरबैजान : पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले यस वर्षको मे महिनामा भारत र पाकिस्तानबिचको सैन्य द्वन्द्व समाधान गरेकोमा अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि एक पटक धन्यवाद दिएका छन्। ट्रम्पले उनको हस्तक्षेपका कारण चार दिन लामो भारत-पाकिस्तान सैन्य द्वन्द्व अन्त्य भएको बारम्बार दाबी गर्दै आएका छन् । भारतले भने दुई देशबिचको द्वन्द्व रोक्न कुनै पनि तेस्रो पक्षको भूमिकालाई निरन्तर अस्वीकार गर्दै आएको छ।

अजरबैजानमा भएको विजय दिवस परेडलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहबाज शरीफले ट्रम्पको प्रशंसा गरे। उनले भने, ‘राष्ट्रपति ट्रम्पको साहसी र निर्णायक नेतृत्वले पाकिस्तान र भारतबीच युद्धविराम गरायो, दक्षिण एसियामा शान्ति पुनर्स्थापित गर्‍यो, ठुलो युद्ध रोक्यो र लाखौँको ज्यान बचायो।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट