Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जेसी जीवन कार्कीले ‘प्रोजेक्ट संकल्प २०२६’ सार्वजनिक गर्दै राष्ट्रिय अध्यक्षमा उम्मेदवारी घोषणा

जेसी जीवन कार्कीले ‘प्रोजेक्ट संकल्प २०२६’ सार्वजनिक गर्दै राष्ट्रिय अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौँ : नेपाल जेसीजका अनुभवी र प्रेरणादायी नेता जेसी जीवन कार्कीले वर्ष २०२६ का लागि नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उनी रामेछाप जेसीजको आधिकारिक उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका हुन्।

कार्कीले आफ्नो उम्मेदवारी अभियानलाई ‘प्रोजेक्ट संकल्प २०२६ — एकताको संकल्प, रूपान्तरणको यात्रा’ नाम दिएका छन्, जसको मूल थीम “लक्ष्य राखौं • कार्य गरौं • सफलता हासिल गरौं” रहेको छ।

उनले जनकपुरमा हुने ५२औं राष्ट्रिय अधिवेशनमा आफ्नो दृष्टि, रणनीति र कार्ययोजना प्रस्तुत गर्ने तयारी गरेका छन्। नेतृत्वको यात्रा : संघर्षदेखि सफलतासम्म

रामेछापबाट नेतृत्व यात्रा सुरु गरेका कार्कीले सन् २०१५ मा जेसीज सदस्य बनेका थिए।

उनी क्रमशः २०२१ मा शाखा अध्यक्ष, २०२२ मा राष्ट्रिय उपाध्यक्ष, र २०२३ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष बनेका छन्।

नेपाल जेसीजको ५१औं अधिवेशनमा अध्यक्षका उम्मेदवार बनेका बेला उनले “मन जिते तर मतले हारे” भन्ने उपमा पाएका थिए — जसले उनको इमानदार र प्रेरणादायी नेतृत्वको छवि झल्काउँछ।

‘प्रोजेक्ट संकल्प २०२६’ : एकताको संकल्प, रूपान्तरणको यात्रा

कार्कीले आफ्नो अभियानमा एकता, पारदर्शिता, सहकार्य र समावेशितालाई मुख्य आधार बनाएका छन्।

उनका अनुसार, “नेतृत्व केवल पद होइन, जिम्मेवारी र रूपान्तरणको प्रक्रिया हो।”

उनले भने,

“स्पष्ट लक्ष्य निर्धारण गरेर दृढताका साथ कार्य गरे मात्र साझा सफलता हासिल गर्न सकिन्छ। यही प्रक्रियाबाट संगठन र समाजमा रूपान्तरण सम्भव छ।”

संकल्पका प्रमुख उद्देश्यहरू

संगठनभित्र एकता र साझा दृष्टिकोण स्थापना

पारदर्शिता र जवाफदेहीतालाई संस्थागत बनाउने

युवा नेतृत्व विकास र महिला सशक्तिकरणमा जोड

अध्यायबीच सहकार्य र साझा प्रगति सुदृढ गर्ने

नेपाल जेसीजलाई राष्ट्र निर्माणमा प्रेरक संगठनका रूपमा स्थापित गर्ने

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij