Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जाँचबुझ आयोगविरुद्धको रिट : सर्वोच्चले अन्तरिम आदेश नदिइ पूर्ण इजलासमा पठायो

जाँचबुझ आयोगविरुद्धको रिट : सर्वोच्चले अन्तरिम आदेश नदिइ पूर्ण इजलासमा पठायो

काठमाडौँ : सर्वोच्च अदालतले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजना विरुद्धको रिटमा अन्तरिम आदेश नदिइ पूर्ण इजलासमा पठाएको छ।

सोमवार न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले आयोगका पदाधिकारीविरुद्धको रिट सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।कार्त्तिक १२ गते उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी भएको थियो। दुवै पक्षसँगको छलफलपछि सर्वोच्चले अन्तिम सुनुवाइका लागि रिट पूर्ण इजलासमा पठाएको हो।

अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष कार्कीसहित सदस्य विज्ञानराज शर्मा र विश्ववेश्वरप्रसाद भण्डारीविरुद्ध रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij