Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ !!

युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ !!

काठमाडौँ : वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवक काठमाडौँमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका–३ घर भई हाल भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ बस्ने ३१ वर्षीय राहुल पुन्ज रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार पुन्जले बेरोजगार युवायुवतीलाई “आकर्षक तलबमा युकेमा रोजगारी दिलाइदिन्छु” भन्ने प्रलोभनमा पारी लामो समयसम्म झुक्यानमा राखी ठगी गरेका थिए।

उनीहरूले ४२ लाख रुपैयाँ लिएर कुनै पनि प्रक्रिया अगाडि नबढाई सम्पर्कविहीन भएका थिए।

पीडितहरूले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई आइतबार काठमाडौँ महानगरपालिका–११ क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका पुन्जलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij