Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

फेवातालमा डुङ्गा पल्टिएर डुबेका तीन जनाको सकुशल उद्धार

फेवातालमा डुङ्गा पल्टिएर डुबेका तीन जनाको सकुशल उद्धार

कास्की :  कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइड स्थित फेवातालमा आइतबार डुङ्गा पल्टिएर डुबेका ३ जनाको सकुशल उद्धार गरिएको छ ।डुङ्गा अचानक पल्टिएपछि डुङ्गामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० वर्षीय महेश सुनार, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपाािलका–३ बस्ने ४९ वर्षीय सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारू फेवातालमा डुबेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नम्बर२४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा खटिएको संयुक्त विपद् उद्धार टोलीले मोटरबाेटको सहायताले उनीहरूको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij