Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बालसुधार गृहबाट २० जना फरार

बालसुधार गृहबाट २० जना फरार

काठमाडौँ । भक्तपुरको सानो थिमी स्थित बालसुधार गृहबाट नाबालक बन्दीहरू भागेका छन् । आइतबार दिउँसो २० जना नाबालक बन्दी फरार भएका हुन् ।भागेका मध्ये केही बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । सुधार गृहबाट भागेका १५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले  बताए ।जेनजी प्रदर्शनमा भागेकाहरूलाई थप सजाय हुने ‘अफवाह’ फैलिएपछि उनीहरू एकजुट भएर गेट तोडेर भागेको जवेगुले जानकारी दिए ।प्रदर्शनको बेला निस्किएपनि आफैँ फर्केको भन्दै उनीहरूले थप सजाय नगर्न माग गरेका छन् ।२०८० भदौ ४ मा सो बालसुधार गृहमा झडप हुँदा २ सय २१ नाबालक कैदी भागेका थिए ।

त्यसबेला थुनामा रहेका साथीको मृत्युपछि झडप भएको र सुधार गृहको पछाडिपट्टिको ढोका तोडेर उनीहरू भागेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij