Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

केन्यामा पहिरोमा पुरिएर २१ जनाको मृत्यु

केन्यामा पहिरोमा पुरिएर २१ जनाको मृत्यु

नैरोबी : भारी वर्षाका कारण पहिरो जाँदा केन्याको पश्चिमी रिफ्ट भ्यालीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । पहिरोले हजारभन्दा बढी घरहरू ध्वस्त पारेको अधिकारीहरूले बताएका छन् । गम्भीर घाइते भएका कम्तीमा २५ जनालाई एल्गेयो–माराक्वेट काउन्टीबाट चिकित्सा उपचारको लागि एल्डोरेट सहरमा हेलिकप्टरद्वारा ल्याइएको छ । केन्याका आन्तरिक मामिलाका लागि क्याबिनेट सचिव किपचुम्बा मुर्कोमेनले शनिबार माइक्रोब्लगिङ वेबसाइट एक्समा एक विज्ञप्तिमा जारी गर्दै साे कुराकाे जानकारी दिएका छन् । कम्तीमा अरू ३० जना अझै बेपत्ता भएको विज्ञप्तिमा भनिएको छ ।

सेना र प्रहरीको सहयोगमा आइतबार उद्धार प्रयास पुनः सुरु हुने बताइएको छ । ‘पीडितहरूलाई थप खाद्यान्न र गैरखाद्य राहत सामग्रीहरू आपूर्ति गर्ने तयारी भइरहेको छ । सामान ढुवानी गर्न सैन्य र प्रहरी हेलिकप्टरहरू तयारी अवस्थामा छन्,’ अझ अगाडि उनले भने ।

पहिरो प्रभावित क्षेत्रबाट केन्या रेडक्रसले खिचेको हवाई तस्बिरमा ठुलो क्षेत्रको दूरीमा विशाल पहिरो र बाढी देखिएको छ । सरकारसँग उद्धार प्रयासहरूबारे समन्वय गरिरहेको रेडक्रसले बताएको छ । बाढी र सडकमा अवरोधका कारण केही प्रभावित क्षेत्रहरूमा पहुँच अत्यन्तै कठिन भएको सामाजिक सञ्जाल एक्समा रेडक्रसले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट