Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

प्रधान सेनापतिद्वारा उपरथी बिष्ट र खड्कालाई दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा उपरथी बिष्ट र खड्कालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ :  प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँच जना प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो । कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरू र पदोन्नति भएका अधिकृतका परिवारजनको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij