Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बीपी राजमार्ग सञ्चालनमा

बीपी राजमार्ग सञ्चालनमा

काठमाडौँ : बाढी पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले भर्खरैबाट राजमार्ग सञ्चालनमा आएको बताए । उनले भने, ‘भर्खरै राजमार्ग सञ्चालनमा आएको छ । कतै एकतर्फी छ, कतै दुईतर्फी । ठाउँ ठाउँमा पहिरोका कारण दुईतर्फी सञ्चालन गर्न सक्ने अवस्था छैन । तर सञ्चालनमा आयो ।’

अविरल वर्षापछि काभ्रेपलान्चोक जिल्लाको बोक्सिकुना, विरुवाडाँडा, नमोवुद्ध नगरपालिका–६ चौकिडाँडा रोशी गाउँपालिका–७,९,११ र नार्केस्थित विभिन्न स्थानहरूमा शुक्रबार गएको पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । हाल मर्मतपछि सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij