काठमाडौँ : गायक राजु लामाले ओसियाना क्षेत्रको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक जया) आरोहण गरेका छन् । इन्डोनेसियाको यो पहाड ४ हजार ८८४ मिटर अग्लो छ । उनले यो २२ अक्टोबरमा आरोहण गरेका हुन् । जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन् ।
शुक्रबार बिहान ७ बजेर ४० मिनेटमा चुचुरोमा पुगेका उनले चुचुरोमा नेपालको राष्ट्रिय ध्वजा फर्फराए । त्यहाबाट उनले आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’ र संगीतलाई माया गर्ने प्रशंसकलाई सम्झिए ।
केही वर्षअघि सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका उनी अहिले ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ मा व्यवस्त छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij