Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

श्री एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण

श्री एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण

बुटवल : धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको छ । शनिबार विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको हो ।

धनगढीबाट १० बजे उडेको फ्लाइट नम्बर २२२ को विमानमा काठमाडौँ नपुग्दै बिच बाटोमै हाइड्रो लिक फेलियर भएपछि गौतम बुद्ध विमानस्थलमा अवतरण गराइएको जनाइएको छ । जसका कारण करिब ४० मिनेट विमानस्थलमा उडान अवरुद्ध हुन पुगेको समेत विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

सो विमानका चालक दलका सदस्य र ८२ जना यात्रुहरू सकुशल छन् । अहिले उनीहरू विमानस्थलमै रहेका छन् । उनीहरूलाई लिन काठमाडौँबाट अर्को विमान आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij