गोरखा : मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छिन्। चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए।
न्याक फेदीभन्दा केहीमाथि भीरमा आज दिउँसो २:०० बजेतिर घटना भएको उनले बताए। “भीरबाट झरेको ढुङ्गाले उनलाई पुरेको छ। टाउको मात्र देखिएको छ, उनले भने “उहाँको श्रीमान् र मचाहिँ सकुशल छौँ।” त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उनले बताए।
“उहाँ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्”, उनले भने। घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उनले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij