Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आईसीसी विश्वकप लिग–२ मा नेपाल युएईसँग ५ विकेटले पराजित

आईसीसी विश्वकप लिग–२ मा नेपाल युएईसँग ५ विकेटले पराजित

काठमाडौं : आईसीसी विश्वकप लिग–२ मा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ५ विकेटले पराजित भएको छ।बिहीबार नेपालले दिएको २ सय ३४ रनको लक्ष्य युएईले ४३ दशमलव  ३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

युएईका आर्याशं शर्माले सर्वाधिक ९८ रनको योगदान गरे। एलिसान साराफूले ४५ र मोहम्मद वासिमले २६ रन बनाउँदा सोएब खान शून्यमा आउट भए। कप्तान राहुल चोपरा १५ रन बनाउँदा घाइते भएपछि मैदान छाड्न बाध्य भए।

नेपालका सन्दीप लामिछानेले २, दीपेन्द्र सिंह ऐरी र करण केसीले समान एक-एक विकेट लिए।यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरको खेलमा सबै १० विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेल शतक प्रहार गरे।

१ सय ३० बल खेलेका रोहितले ५ चौका र दुई छक्का प्रहार गर्दै १ सय ९ रनको महत्वपूर्ण योगदान गरे।उनको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय शतक हो। यसअघि उनले पपुवान्यूगिनि (पीएनजी) विरुद्ध शतक प्रहार गरेका थिए।

युएईविरुद्ध आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ रन बनाउँदा गुल्सन झा शून्यमा आउट भए।करण केसीले १३,कुशल भुर्तेलले ७,सोमपाल कामीले ६ र भीम सार्कीले ३ रन बनाउँदा सन्दीप लामिछाने ३ रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij