Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

ट्रम्पको प्रतिबन्धपछि एचएमइएलले रुसी तेल खरिद स्थगित गर्‍यो

ट्रम्पको प्रतिबन्धपछि एचएमइएलले रुसी तेल खरिद स्थगित गर्‍यो

नयाँदिल्ली : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई प्रमुख तेल कम्पनीमाथि प्रतिबन्ध लगाएपछि भारतीय राज्य–समर्थित रिफाइनरी एचपिसिएल–मित्तल एनर्जी लिमिटेड (एचएमइएल) ले रुसी कच्चा तेल खरिद स्थगित गरेको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले भारतमाथि आयात शुल्क ५० प्रतिशतसम्म बढाएपछि दुवै देशबीच सम्बन्धमा तिक्तता आएको थियो । अमेरिकी अधिकारीहरूले भारतले रूसबाट छुटमा तेल खरिद गरी अप्रत्यक्षरूपमा युक्रेनमा रूसको युद्धलाई सहयोग गरिरहेको आरोप लगाएका थिए ।

ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी व्यापार सम्झौताका सर्तअनुसार रुसी तेल आयात घटाउने सहमति जनाउनुभएको दाबी गरे पनि भारत सरकारले त्यसको पुष्टि गरेको छैन ।

स्टिल व्यवसायी लक्ष्मी निवास मित्तल र राज्य–स्वामित्वको हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपिसिएल) बीचको संयुक्त लगानीमा सञ्चालित एचएमइएलले विज्ञप्ति जारी गर्दै भनेको छ, “रुसी कच्चा तेलको थप खरिद अस्थायीरूपमा स्थगित गर्ने निर्णय गरिएको छ ।”

कम्पनीका अनुसार यो निर्णय अमेरिका, युरोपेली सङ्घ (इयु) र बेलायतले रुसमाथि नयाँ प्रतिबन्ध लगाएको घोषणापछि गरिएको हो ।

यसैबीच, रिलायन्स इन्डस्ट्रिजले पनि अमेरिकी र इयु प्रतिबन्धको प्रभाव मूल्याङ्कन भइरहेको जनाएको छ । कम्पनीका प्रवक्ताले भनेका छन्, “हामी भारत सरकार र इयुका सबै दिशानिर्देशहरूको पूर्ण पालना गर्नेछौँ ।”

इयुले सन् २०२६ को अन्त्यसम्ममा रुसबाट तरल प्राकृतिक ग्यास (एलएनजी) आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट