Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

काठमाडौँमा धारिलो हतियार देखाई लुटपाट, दुई जना पक्राउ

काठमाडौँमा धारिलो हतियार देखाई लुटपाट, दुई जना पक्राउ

काठमाडौँ :  तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–५ का २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुली दूधौली नगरपालिका–१० का २३ वर्षीय मनोज चौधरी रहेका छन्।

काठमाडौँ उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार उनीहरूले गएराति गोकणेश्वरका १९ वर्षीय श्रवण तामाङलाई लुटेको आरोपमा पक्राउ गरिएको हो। तामाङको मोटरसाइकल रोकिएको बेला उनीहरू अर्को मोटरसाइकलमा आइ धारिलो हतियार देखाई कालो झोला लुटी फरार भएका थिए।

प्रहरीले लुटिएको झोलासहित मोटरसाइकल, मोबाइल, नगद, खुकुरी, र लागुऔषध ३० थानसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij