Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते

रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते

काठमाडौं : रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सुलिचौरबाट किलाचौर जाने क्रममा लु २ च ८०१५ नम्बरको डबल क्याप बोलेरो जिप धुलेओडार भन्ने स्थानमा दुर्घटना भएको हाे। जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

राति करिब १० बजेतिर जिप सडकबाट करिब तीनसय मिटर तल खोलामा खस्दा चालक सुनछहरी गाउँपालिका–६ का ३२ वर्षीय थमन रोकामगरको मृत्यु भएको छ।

दुर्घटनामा परि लुङ्ग्री–७ का ४० वर्षीय खिमबहादुर पुन, लुङ्ग्री–४ का २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा रेफर गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij