Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

एक साताका लागि रोकियो मनाङ पदयात्रा

एक साताका लागि रोकियो मनाङ पदयात्रा

मनाङ : जिल्ला प्रशासन कार्यालयले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाएको छ।हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आह्वान गरेको हो।

हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरू फर्किन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए।

“सोमवार रातिदेखिको हिमपातले अवरुद्ध सडक डोजर लगाएर हिउँ पन्छ्याएपछि खुलेको छ। खाङसारसम्मकै बाटो खुलेको छ। पदयात्रा भने अझै खुलेको छैन”, उनले भने, “हिउँ र पानी पर्न बन्द भए पनि पदयात्रा अहिल्यै सम्भव छैन।”

करिब एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटकको मङ्गलबार उद्धार गरिएको थियो। त्यसमध्ये करिब २०० विदेशी पर्यटक रहेका थिए।हिमपातका कारण तिलिचो आधारशिविरमा रोकिएका करिब ४०० पर्यटक तिलिचो जान नसकेपछि फर्केका थिए

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij