मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा लगनशीलताको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। पारिवारिक वाद विवाद सुल्झिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक विवादहरू आपसी मध्यस्थाले सुल्झिनेछ। आध्यात्मिक ज्ञानको लागि समय अनुकूल रहेको छ। मनमा अज्ञात भय रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ला। युवा वर्गहरूलाई करियरलाई लिएर नयाँ अवसर प्राप्त हुनेछ। वित्तीय वा सहकारी संस्थाहरूबाट लाभ लिन सकिएला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सम्बन्धमा मजबुती आउनेछ। जग्गा जमिनबाट राम्रो लाभ मिल्नेछ। इष्टमित्रहरूबाट सहयोग पाइएला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) खर्चमा नियन्त्रण राख्नुहोला। आफन्तहरू मध्य मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। खेल जगतमा हजुरको चर्चा हुनेछ। राज्यपक्षबाट लाभ मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ लगानी लगाउनुभन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। सरकारी कार्यमा समय लाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा एकाग्रता बनाएर राख्नुहोस्। प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ। राजकीय वा प्रशासनिक कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार विस्तारको लागि नयाँ लगानी लगाउनु पर्ला। दाम्पत्य जीवन सुमधुर रहनेछ। वरिष्ठ व्यक्तिहरूको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा कामको प्रशंसा हुनेछ। परोपकार र समाजसेवामा मन लाग्नेछ। शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) योजना अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। पारिवारिक मामलाहरू सुल्झाउनको लागि आफूभन्दा ठूलाको कुरालाई वेवास्था नगर्नुहोस्। आत्मबलमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) उच्च अधिकारीहरुलाई कामबाट प्रभावित पार्न सकिनेछ। नोकरी वा पेशामा पदोन्नतिका योग छन्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। मानसम्मानमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ। साहित्य वा लेखन कलामा सुधार आउनेछ। कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij