Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मानव अधिकार आयोगले गर्‍यो दुर्गा प्रसाईँसँग छलफल

मानव अधिकार आयोगले गर्‍यो दुर्गा प्रसाईँसँग छलफल

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँसँग छलफल गरेको छ । आयोगले बुधबार प्रसाईँसँग छलफल गरेको हो । प्रसाईँले मंसिर ७ गते देखी आन्दोलन गर्न घोषणा गरेपछि आयोगले आन्दोलनका बारेमा चासो राखेको हो ।

आन्दोलनका स्वरूपका बारेमा आफूसँग आयोगका अध्यक्ष तपबहादुर मगरले चासो राख्नुभएको संयोजक प्रसाईँले जानकारी दिए । उनले आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको दाबी गरे ।

उनले आन्दोलन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द हुने बताए । उनले व्यवस्था परिवर्तनको गर्नको लागी आन्दोलन गर्न लागेको पनि बताए । उनले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह गरे ।

आन्दोलनको बारेमा आयोगलाई पनि अग्रिम जानकारी गराएको उनले बताए । उनले आन्दोलनको समयमा निजामती कर्मचारी र प्रहरीलाई बिदा बस्न अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij