Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रुपन्देहीमा ईभी गाडी रुखमा ठोक्किँदा ३ जनाको मृत्यु, ४ जना घाइते

रुपन्देहीमा ईभी गाडी रुखमा ठोक्किँदा ३ जनाको मृत्यु, ४ जना घाइते

बुटवल : रुपन्देहीमा ईभी गाडी अनियन्त्रित भएर रुखमा ठोक्किँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बागमती प्रदेश ०१००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको सालझन्डीबाट रुद्रपुरतर्फ जाँदै गर्दा कन्चन गाउँपालिका–५ स्थित फायर लाइनमा दुर्घटना भएको हो। दुर्घटनामा तीन जनाको मृत्यु र चार जना घाइते भएका छन्।

मृतकहरूमा रुपन्देहीको सैनामैना–८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन्। गम्भीर घाइते हुनेहरूमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन्। उनीहरूको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले गाडी नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी गणेश सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij