Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

हिमपातले पर्यटकीय गतिविधि प्रभावित छ, यात्रा नगर्नू : टान

हिमपातले पर्यटकीय गतिविधि प्रभावित छ, यात्रा नगर्नू : टान

काठमाडौँ  :  पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छटानका अध्यक्ष सागर पाण्डेले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार अहिले पश्चिमी वायु र अरव सागरमा बनेको न्यूनचापीय प्रणालीका कारण कात्तिक १० देखि १२ गतेसम्म कर्णाली, लुम्बिनी र गण्डकीलगायतका प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएकाले हिमाली क्षेत्रको यात्रामा ध्यान दिन आग्रह गरेका हुन् ।

मौसम पूर्वानुमान अनुसार नै हाल डोल्पा, धौलागिरि, मुस्ताङ, मनाङ, मनास्लु, लाङटाङ, सगरमाथालगायत पर्यटकीय गन्तव्यमा वर्षासँगै हिमपात समेत सुरु भई सम्पूर्ण पर्यटकीय गतिविधि प्रभावित भइरहेको टानले जनाएको छ ।

अध्यक्ष पाण्डेले कतिपय स्थानमा स्थानीय प्रशासनले पदयात्रा गर्न रोकसमेत लगाइसकेकाले मौसममा सुधार नआउञ्जेलसम्म उच्च हिमाली क्षेत्र तथा उच्च पास भएर जाने सम्पूर्ण पदमार्गमा हुने पदयात्राहरू नगर्न/नगराउन, पदयात्री, आरोहण दलका सदस्य तथा सहयोगी टोलीलाई अनुरोध गरे ।

टानले उद्धारलगायत कार्यका लागि सहजीकरण तथा समन्वय गर्न स्थानीय सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकाय, संरक्षण क्षेत्रका व्यवस्थापक, टान गण्डकी तथा टान केन्द्रीय कार्यालयलाई सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij