Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर मृत्यु

छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर मृत्यु

सप्तरी :  छठ पर्व मनाउने क्रममा मंगलबार पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका–९ डिठास्थित पोखरीमा डुबेर स्थानीय ५० वर्षीय सुरज रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

छठ पर्वमा आज उदाउँदो सूर्यलाई अर्घ्य दिइरहेको अवस्थामा पौडी खेल्ने क्रममा राम पोखरीमा डुबेर बेपत्ता भएका थिए ।स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा पछि मृत फेला पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij