Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन हुने

मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन हुने

काठमाडौँ :  जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ ।विभागले मंगलबार एक सूचना जारी गरी उसबारे जानकारी दिएको हो ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्यालयबाट मौसम पूर्वानुमान सेवा र हवाई उडड्यान सेवा प्रदान गर्दै आइरहेको थियो ।अब मौसम पूर्वानुमान सेवा विभागको केन्द्रीय कार्यालय बबरमहलबाट तथा हवाई उड्डयन सेवा यथावतै रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाटै प्रदान गर्ने जानकारी दिएको हो ।यस्तै, विभागले मौसम पूर्वानुमान सेवा विशेष परिस्थितिबाहेक बिहान ६ देखि साँझ ६ बजेसम्म वर्षको ३६५ दिन नै दुई ‘सिफ्ट’मा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij