काठमाडौँ : गायिका ज्योति मगरले पछिल्लो समय क्रान्तिको नाममा अराजकता र भाँडभैलो मच्चिएको बताएकी छन् । जेनजी आन्दोलनले लय समात्न नसकेको सङ्केत गर्दै उनले अहिले भाँडभैलो मात्रै मच्चिएको बताएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा मंगलबार एक पोस्ट गर्दै उनले भनेकी छन्, ‘ आज जे भइरहेको छ, यो क्रान्ति होइन । यो अराजकता र भाँडभैलो हो।’
उनले राणा शासन, पञ्चायत र राजतन्त्रविरुद्ध भएको क्रान्ति मात्र नेपाली जनताको हकहितका लागि भएको समेत जिकिर गरेकी छन् । भलै नेताहरूले त्यो क्रान्तिअनुसार जनअपेक्षा पूरा गर्न नसकेको उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij