Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पदयात्रा तथा हिमाल आरोहण नगर्न मनाङ प्रशासनको आग्रह

पदयात्रा तथा हिमाल आरोहण नगर्न मनाङ प्रशासनको आग्रह

मनाङ : मनाङ जिल्लामा निरन्तर वर्षा र माथिल्लो भेगमा भारी हिमपात भएपछि जिल्ला प्रशासन कार्यालय मनाङले पदयात्रा तथा हिमाल आरोहण नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले मंगलबार एक सूचना जारी गर्दै जिल्लामा तथा सो हुँदै गरिने पदयात्रा र हिमाल आरोहण कार्य तत्कालका लागि स्थगित गर्न आग्रह गरेका हुन्।

उनका अनुसार, जल तथा मौसम विज्ञान विभागले कार्तिक १० गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा निरन्तर वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ। त्यसअनुसार मनाङ जिल्लाको तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा निरन्तर भारी हिमपात भईरहेकाले यात्रु तथा आरोहीको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।

सूचनामा भनिएको छ,'सम्भावित जोखिमलाई ध्यानमा राखी यस जिल्लामा वा यस हुँदै गरिने पदयात्रा तथा हिमाल आरोहण नगर्नुहोस्/नगराउनुहोस्।' प्रशासनले सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आफ्नै स्थानमा सुरक्षित बस्न र आगामी सूचना जारी नहुँदासम्म नयाँ पदयात्रा वा आरोहणका लागि ननिस्कन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij