सल्यान : सल्यानको बागचौर नगरपालिका–४, बाङ्गेलाखुरीस्थित राप्ती राजमार्ग सडक खण्डमा आज बिहान एउटा फोर्स गाडी सडकबाट करिब ७ मिटर तल खसेर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । नेपालगन्जबाट अर्वारे फारुलातर्फ जाँदै गरेको लु.प्र.०१–००१ख ०२४१ नम्बरको फोर्स गाडी बागचौर नगरपालिकापा—४, बाङ्गेलाखुरीमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार, गाडी चालक बाँकेको कोहलपुर उपमहानगरपालिका—१२ चप्परगौरी बस्ने २७ वर्षीय कमल बोहरा हुन् । दुर्घटना हुँदा गाडीमा कुल १४ जना यात्रु सवार थिए ।
दुर्घटनामा परेर ३ जना यात्रु घाइते भएका छन् । घाइते हुनेहरूमा सल्यान दार्मा गाउँपालिका–५ बस्ने ३३ वर्षीय बुद्विमान केसी, दार्मा गाउँपालिका–२ बस्ने करिब ६१ वर्षीया रत्न कुमारी वली र सोही ठाउँकी करिब ५० वर्षीया टेक कुमारी वली रहेका छन् । घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको बागचौरस्थित सहज पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij