काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन्। जेनजी आन्दोलनका क्रममा कुटपिटबाट गम्भीर घाइते भएकी पत्नी आरजु राणा देउवासहित उनी थप उपचारका लागि सोमबार राति सिंगापुर प्रस्थान गरेका हुन् ।
देउवा दम्पती सोमबार सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरे। गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो ।
सुरक्षाकर्मीले उद्धार गरेर उनीहरूलाई नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएका थिए ।जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई सोही दिन कार्यबाहक सभापति तोकेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij