Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

तौल घटाउन चाहनुहुन्छ भने पिउनुस् यो होममेड चमत्कारिक ड्रिङ्क

तौल घटाउन चाहनुहुन्छ भने पिउनुस् यो होममेड चमत्कारिक ड्रिङ्क

काठमाडौँ : हिजोआज हर कोही फिट र स्लिम देखिन चाहन्छन् । तर सबै जनासँग जिमसम्म जाने समय वा महँगो डाइट प्लानको लागि बजेट नहुन सक्छ । यस्तोमा कसैले तपाईंलाई मात्रै एक गिलास पानीले आफ्नो शरीरको सबै बोसो पगाल्न सक्नुहुन्छ भनेर भन्यो भने तपाईं विश्वास गर्नुहुन्छ ? केही रुपैयाँमा तयार हुने यो डिटक्स वाटरले ३० दिनमा तपाईंको शरीरमा कायापलट गर्न सक्छ । यो कुनै चमत्कार होइन, यो त विज्ञान र आयुर्वेदको संयोजन हो । आजको यस लेखमा हामी यही चमत्कारिक पानीबारे कुराकानी गर्नेछौँ ।

यो पानीलाई डिटक्स वाटर अर्थात् बोसो पगाल्ने पेय पदार्थ भनिन्छ । यसमा यस्ता प्राकृतिक तत्त्वहरू हुन्छन् जसले शरीरको मेटाबोलिज्मलाई तीव्र बनाउँछ, पाचन सुधार गर्छ र बोसोलाई ऊर्जामा रूपान्तरण गर्न मद्दत गर्छ ।

मुख्य सामग्रीहरूः

कागतीः शरीरलाई डिटोक्सिफाइ गर्छ र बोसो टुक्र्याउन मद्दत गर्छ ।

महः यसले पानीमा मिठास थप्छ अनि मेटाबोलिज्म बढाउँछ ।

मनतातो पानीः शरीरको बोसो पगाल्न मद्दत गर्छ ।

जीरा वा दालचिनी (वैकल्पिक) : पाचन सुधार गर्छ र भोक नियन्त्रण गर्छ ।

यसरी बनाउनुस् पानी

सामग्रीहरूः

एक गिलास मनतातो पानी, आधा कागतीको रस, एक चम्चा मह, आधा चम्चा जीराको धुलो वा दालचिनीको धुलो (वैकल्पिक)

मनतातो पानीमा कागतीको रस र मह मिसाउनुहोस् । स्वाद मन पर्छ भने यसमा तपाईं जीरा वा दालचिनीको धुलो पनि थप्न सक्नु हुन्छ । यसलाई राम्ररी चलाउनुहोस् अनि बिहान सबेरै खाली पेटमा पिउनुहोस् ।

कसरी काम गर्छ यो पानीले ?

मेटाबोलिज्मलाई तीव्र बनाउँछः जसले गर्दा शरीरले धेरै क्यालोरी बर्न गर्न सक्छ ।

पाचन प्रणालीमा सुधार गर्छः खाना राम्रोसँग पचाउन मद्दत गर्छ र बोसो जम्मा हुनबाट रोक्छ ।

डिटक्स गर्छः शरीरबाट विषाक्त पदार्थहरू हटाउँछ ।

भोक नियन्त्रण गर्छः धेरै खानबाट रोक्न मद्दत गर्छ ।

यो पानी हरेक बिहान खाली पेटमा पिउनुभयो अनि नियमित रूपमा मर्निङ वाक वा योगा पनि गर्नुभयो भने ३० दिनभित्र तपाईंले आफ्नो ज्यान निकै फरक पाउनुहुनेछ । पेटको बोसो कम भएको, अनुहारमा चम्किलो बनेको र हलुका महसुस गर्न थाल्नु हुनेछ ।

ध्यान दिनु पर्ने कुराहरू

यो पानी खाली पेटमा पिउनुहोस् ।

जंक फूड र मिठाईको सेवनबाट बच्नुहोस् ।

दिनभरमा प्रशस्त पानी पिउनुहोस् ।

हल्का खाना खानुहोस् ।

पर्याप्त निद्रा लिनुहोस् र तनाव कम गर्नुहोस् ।

यस प्रकारको डिटक्स पेयले आयुर्वेदमा पनि मान्यता पाएको छ । कागती र महको संयोजनले त्रिदोषहरूलाई सन्तुलनमा राख्छ र शरीरलाई भित्रबाट सफा गर्छ । यो विधि जिम जान नसक्ने वा कडा आहार पालना गर्न नसक्नेहरूका लागि प्रभावकारी छ भन्ने पोषणविद्हरू विश्वास गर्छन् । तपाईं पनि तौल घटाउने सजिलो, सस्तो र प्रभावकारी तरिका खोज्दै हुनुहुन्छ भने यो पेय रामवाण हुन सक्छ ।

अस्वीकरणः यो सामग्री विभिन्न अनलाइनका स्रोतहरूबाट तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट